रास्वपा उपसभापति वाग्लेले गरे महाकुम्भमा गङ्गास्नान



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति स्वर्णिम वाग्ले प्रयागराज महाकुम्भमा स्नान गरेका छन्।

भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा उपसभापति वाग्ले स्नान गरेका हुन् ।

सोमबार सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै वाग्लेले उक्त जाकारी दिए ।

उपसभापति वाग्ले प्रयागराज कुम्भ मेला आएर पूर्वज सम्झने मौका मिलेको बताए।

उनले दशौँ करोड मानिसको पवित्र स्थल प्रयागराज कुम्भ मेलामा आएर आफूलाई फरक अनुभूति भइरहेको बताए।

प्रकाशित मिति: १२ फाल्गुन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्