पेस्तोलसहित मकवानपुरबाट दुई भारतीय नागरिक पक्राउ
मकवानपुर । प्रहरीले पेस्तोलसहित मकवानपुरबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा भारतको बिहार सिहुहर बस्ने २२ वर्षका धिरजकुमार र मोतीहारी बस्ने २६ वर्षका दीपक कुमार रहेका छन् ।
उनीहरुलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा–१५, रातोमाटेबाट पेस्तोल र गोलीसहित पक्राउ गरिएको हो।
उनीहरुको साथबाट एक राउण्ड गोली लोड भएको ९ एमएमको अटो पेस्तोल र सलाईको बट्टाभित्र लुकाएको अवस्थाको थप २ थान गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
रौतहट जिल्लाको गौरबाट हेटौंडातर्फ आउँदै गरेको ना.८ ख ८७७३ नम्बरको बसलाई चेकिङको क्रममा हतियारसहित उनीहरु पक्राउ परेका थिए ।
प्रकाशित मिति: १२ फाल्गुन २०८१, सोमबार
















