परराष्ट्रमन्त्री राणा र अजरबैजानका विदेश राज्यमन्त्रीबीच भेटवार्ता



काठमाडौं। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबीच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८औं उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेका उनीहरूबीच साइडलाइन भेटवार्ता भएको हो ।

भेटका अवसरमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो।

भेटमा परराष्ट्रमन्त्री देउवाले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय २९औं सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा अजरबैजानलाई बधाई ज्ञापन गरिन्।

नेपाल र अजरबैजान नाम र जि ७७ संगठनका सदस्यका रुपमा विकासशील देशहरूका समस्याहरू साझा रुपमा अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै आएका मन्त्री देउवाले बताइन् ।

परराष्ट्रमन्त्री देउवाले जलवायु परिवर्तनका क्षेत्रमा अजरबैजानको प्रतिबद्धताको सराहना गर्दै आगामी दिनमा पनि दुवै देशले विकासशील देशहरूमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा आवाज उठाउने बताइन्।

प्रकाशित मिति: १२ फाल्गुन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्