मिस ग्लोबलमा भाग लिन कम्बोडिया पुगिन् विधि
काठमाडौँ । ‘मिस नेपाल पिस–२०२४’की विजेता विधि लम्साल कम्बोडिया पुगेकी छन् । ‘मिस ग्लोबल २०२५’मा भाग लिन उनी सोमबार साँझ कम्बोडिया पुगेकी हुन् ।
उनलाई प्रतियोगितामा ‘मिस नेपाल पिस’को आयोजक नेक्स्ट मोडल्स नेपालले पठाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उनलाई नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बिदाइ गरेका थिए ।
२४ फेब्रुअरीदेखि ९ मार्चसम्म १५ दिन कम्बोडिया र थाइल्याण्डमा आयोजना हुने प्रतियोगितामा उनी नेपालको एक्लो प्रतिनिधि हुन् । दुई दर्जन बढी देशका नर्सिङ सुन्दरीहरू सहभागी हुने प्रतियोगितामा उनले नेपालको कला संस्कृति समेत प्रस्तुत गर्नेछिन् ।
काभ्रेपलान्चोककी नर्स विधि लम्सालले केही अगाडि २३ नर्सिङ सुन्दरीलाई पछि पार्दै ‘मिस नेपाल पिस’को उपाधि हात पारेकी थिइन् । लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बीएस्सी नर्सिङ अध्ययन गरेकी छन् ।
प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलबार
















