आलियालाई आयो ज्यान मार्ने धम्की



काठमाडौं, फागुन १९

निर्माता महेश भट्ट र उनको परिवारलाई फिरौतीको लागि धम्की आएको छ । महेश भट्टलाई फोन गरेर एक जना व्यक्तिले ५० लाख रुपौयाँको माग्दै र यदि उनले त्यो पैसा नदिए उनकी छोरी आलिया भट्ट र र श्रीमती सोनीलाई मार्ने धम्की दिएको खबर छ ।

आफूलाई आएको यो धम्की पछि भट्ट परिवारले पुलिसमा उजुरी पनि दर्ता गराएको छ । प्रहरीले भट्ट परिवारको बयान पनि लिईसकेको छ । २६ फेब्रुअरी देखि महेशलाई धम्कीपूर्ण म्योसज र कलहरु आईरहेका थिए । शुरु शुरुमा त उनले यी सबै कुराहरुलाई सामान्य लिए ।

तर लगातार आईरहेपछि उनले उजुरी दर्ता गराएका हुन् । महेशलाई ह्वाट्सऐप र मोबाईलमा धम्कीपूर्ण म्यासेजहरु आएका छन् । भट्ट परिवारलाई आएको यस्तो धम्की पछि उनीहरुको सुरक्षामा कडाई गरिएको छ ।

उत्तर प्रदेशबाट कल आएको र कल गर्ने व्यक्तिले लखनऊको एक बैंकमा पैसा जम्मा गर्न लगाएको जानकारी । महेशलाई सन् २०१५ मा पनि यस्तै धम्की आएको थियो । त्यस बखत उनलाई डी ग्याङगले धम्की दिएको थियो । पछि पुलिसले १२ जनालाई गिरफ्तार पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News