जसपा नेपालको केन्द्रीय समिति बैठक सुरु



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु भएको छ ।

तीन दिनसम्म चल्ने बैठकमा गत भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ ।

यसैगरी पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्यप्रगति विवरणको प्रतिवेदन समेत प्रस्तुत गर्ने जसपाले जनाएको छ ।

यसैगरी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीति तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सो प्रतिवेदनमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बताइएको छ ।

बैठकमा पार्टीले सरकारलाई दिएको समर्थनको बारेमा पनि छलफल हुने एक नेताले बताए ।

प्रकाशित मिति: १८ फाल्गुन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्