प्रचण्डलाई रेखा थापाको कटाक्ष : हाम्रो सत्ता आएपछि सुनको चर्पी हुन्छ भनेको होइन र ?



काठमाडौं । राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापाले मधेस दौडाहामा रहेको नेकपा माओवादी केन्द्रमाथि कटाक्ष गरेकी छिन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ अन्तर्गत मधेस दौडाहामा निस्किएका छन् । सोही विषयलाई लिएर उनले फेसबुकमार्फत कटाक्ष गरेकी हुन् ।

उनले लेखिन्, ‘हाम्रो सत्ता आएपछि सुनको चर्पी हुन्छ भनेको होइन र ? फेरी एक चोटि मधेसतिर लालसेना खोज्न हिँडेछन् कामरेडहरू, पुराना आधार इलाकामा पत्याउन छोडे कि क्या हो ?’ उनले माओवादीले आत्मसमीक्षा गर्नुपर्ने सुझाव पनि दिएकी छिन्।

माओवादी सत्ताबाहिर बस्न नसकेको भन्दै उनले थपिन्, ‘चटक पनि कति जानेका ? यो देशमा सत्ताबाहिर बस्न यती पीडा महसुस गर्ने माओवादी, आफ्नो समीक्षा कहिले गर्ला ?’

माओवादीबाट नै आफ्नो राजनीतिक यात्रा सुरु गरेकी रेखाले हिजो युद्धमा छातीमा गोली थाप्नेहरू हराएको पनि बताइन् ।

उनी भन्छिन्, ‘छातीमा गोली थाप्नेहरू हराए, युद्धमा लाग्ने लस्कर हराए, देशमा नयाँ युग ल्याउँछौ भन्नेहरू हराए, अब फेरी अभिनय किन ? बरु सिधै भन्नु नि(हामी राजनीतिमा भाइरल हुने अधुरो रहर बोकेर गाउँ छिरेका छौँ।’

प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्