कांग्रेस सभापति देउवा भन्छन् – चुनावमा बहुमत ल्याउने परिस्थिति छैन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा बहुमत ल्याउने परिस्थिति नरहेको बताएका छन्।
प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।
उनले अघिल्लो पटकको भन्दा धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए।
चुनावमा एउटामात्र दलले बहुमत ल्याउने परिस्थिति नभएको भन्दै उनले अघिल्लो चुनावमा भन्दा बढी सिट जित्नुपर्ने बताए।
सभापति देउवाले पार्टीमा केही असहमति भए त्यसलाई छलफल गरेर समाधान गर्नुपर्ने र पार्टीलाई जीवन्त बनाइराख्नुपर्ने बताए।
प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार
















