नेपाल मजदुर किसान पार्टीको नयाँ नेतृत्व चयन आज



भक्तपुर । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन एक दिन लम्बिएको र आज नयाँ नेतृत्व चयन हुने भएको हो ।

महाधिवेशनमा ५० जिल्लाका करिब तीन सय प्रतिनिधि सहभागी छन् । अध्यक्ष नारायणमान विजुक्छेँ रोहितको नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको थियो ।

पार्टीको सातौं महाधिवेशनसम्ममा पार्टी संस्थापक बिजुक्छेँलाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ।

प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्