आज साँझ साढे ६ बजे मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । आज साँझ साढे ६ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो।
आज दिउँसो १ बजेदेखि प्रतिनिधि सभाको बैठक भएकोले साँझमात्रै मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार
















