राहुल गान्धीलाई दुई सय रुपैयाँ जरिवाना



एजेन्सी । उत्तर प्रदेशको लखनऊ अदालतले कांग्रेस नेता राहुल गान्धीलाई दुई सय भारतीय रुपैयाँ जरिवाना तोकेको छ ।

लगातार पेशीका लागि बोलाइए पनि उनी उपस्थित नभएपछि अदालतले जरिवाना तोकेको हो । साथै उनलाई १४ अप्रिलसम्म अदालतमा हाजिर हुन निर्देशन दिइएको छ ।

सन् २०२२ मा महाराष्ट्रको अकोलामा वीर सावरकरविरुद्ध विवादित बयान दिएको उनीमाथि आरोप छ । यसबारे गत जुनमा लखनऊ अदालतमा राहुलविरुद्ध रिट दायर भएको थियो ।

रिटमा राहुलले सावरकरलाई ‘अंग्रेजको नोकर’ र ‘पेन्सन लिनेवाला’ भनेको आरोप छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्