कांग्रेस बलियो भए मात्रै देश समृद्ध बन्छ : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए मात्रै देश समृद्ध बन्ने बताएका छन् ।

भूतपूर्व सैनिक संघको छैटौं केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।

उनले कांग्रेस बलियो भए नेपाल समृद्ध बन्न सक्ने बताए।

सभापति देउवाले भने,‘लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुन्छ। सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो नेपाली कांग्रेस पार्टी बलियो हुन्छ, कांग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्न सक्छ, यसमा विशेष ध्यान दिन मेरो अनुरोध छ।’

सभापति देउवाले नेपाल भूतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताए।
गोर्खा भर्तीका समस्या समाधानका लागि कुटनीतिक तहमा कुरा अगाडि बढाउने उनले प्रतिबद्धता जनाए।

प्रकाशित मिति: २२ फाल्गुन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्