लुट २ ले एक हप्तामा कति कलेक्सन गर्यो ?


 


काठमाडौं, फागुन २०

यो हप्ता नेपाली दर्शकहरुले नयाँ फिल्म हेर्न नपाउने भएका छन्। कुनै हप्ता ४ वटासम्म फिल्म प्रदर्शनमा आएपनि यो हप्ता भने काठमाडौं लगायत देशभरीका हलमा लुट २ ले नै निरन्तरता पाएको छ। यो हप्ता शुक्रबार कुनै नेपाली फिल्म प्रदर्शनमा नआएका कारण लुट २ ले दोस्रो हप्ता पनि सबै हलमा सोलो प्रर्दशनको अवसर पाएको छ।

लुट-२ का निर्माता माधव वाग्ले आफ्नो फिल्मसँग प्रतिस्पर्धा गर्न डराएर नयाँ फिल्म नआएको दावी गर्छन्। ‘लुट-२ सँग डराएर नयाँ फिल्म प्रदर्शनमा नआएका हुन्।’ दर्शकबाट मिश्रित खालको प्रतिक्रिया पाएको लुट २ ले एक हप्तामा ६ करोड कलेक्सन गरेको निर्माता माधव वाग्लेले बताए।

फिल्म लुट-२ मा सैगात मल्ल, दयाहाङ राई, कर्म, विपिन कार्की, ऋचा शर्मा, एलिसा राई लगायतको अभिनय रहेको छ। निश्चल बस्नेतले निर्देशन गरेको उक्त फिल्ममा माधव वाग्ले र नरेन्द्र महर्जनको लगानी रहेको छ।  आउँदो हप्ता भने तुलसी घिमिरे निर्देशिक दर्पण छाँया २ प्रदर्शनमा आउँदैछ।

यस हप्ता बलिउड फिल्म ‘कमान्डो’ र हलिउड फिल्म ‘लोगान’ले नेपाली बजारमा पनि प्रदर्शन प्रारम्भ गरेका छन्। बलिउड फिल्म ‘कमान्डो’मा विद्युत जम्मवाल, अधह शर्मा, इशा गुप्ता लगायतको अभिनय रहेको छ भने फिल्मलाई देभिन भोजानीले निर्देशन गरेका छन्। त्यस्तै अर्को फिल्म ‘लोगान’मा हग ज्याकमन,बोइड हालब्रुक,डाफ्ने केन लगायतको अभिनय रहेको छ।

प्रकाशित मिति: २० फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्