सामूहिक बलात्कारको भिडियो फेसबुकमा लाइभ भएपछि…


 


सामूहिक बलात्कारका घटना भएको सार्वजनिक भइरहेको हुन्छ । तर, स्वीडेनमा भने एउटा यस्तो घटना बाहिर आएको छ जुन सुनेर तपाइ आश्चर्यचकित पर्न सक्नुहुन्छ ।

स्वीडेनमा ३ युवाले २० बर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका छन् । त्यति मात्रै होइन ती युवाहरुले बलात्कार गरिरहेको भिडियो फेसबुक पेजमा लाइभ समेत गरे । एक महिलाले प्रहरीलाई फोन गरेर एक समूहले महिलालाई सामूहिक बलात्कार गरेको भिडियो फेसबुकमा लाइभ देखाएको जानकारी गराइन् ।

ती महिलाका अनुसार भिडियोको अन्तिममा १ व्यक्तिले ‘तिम्रो बलात्कार भयो’ भनेको सुनिने र त्यसपछि त्यो व्यक्ति हाँस्छ । अरु धेरै व्यक्तिले पनि त्यो भिडियो हेरेको प्रहरीले पुष्टि गरेको छ ।

र, प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । १९ देखि २५ वर्ष उमेरका ३ युवक र १ युवतीलाई एउटै अपार्टमेन्टबाट पक्राउ गरेको छ ।

(एजेन्सी)

 

प्रकाशित मिति: २१ फाल्गुन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्