आलिया बाहेक ८ सेलिब्रेटीलाई धम्कीपूर्ण फोन


 


काठमाण्डौ, फागुन २१

अभिनेत्री आलिया भट्टका बुवा महेश भट्टलाई फेब्रुअरी १८ देखि धम्कीपूर्ण म्यासेज र फोनहरु आएका थिए । महेशलाई यसरी धम्काउने संदीप साहु बिहिबार गिरफ्तार भईसकेका छन् । संदीप गिरफ्तार भएपछि उनले महेशसँग मात्रै नभयर बलिउडका अन्य केही सेलिब्रेटीहरुसँग पनि जबरजस्ती पैसा असुल्न खोजेको थाहा भएको छ ।

उनले महेश भन्दा पहिले ८ बलिउड सेलिब्रेटीलाई धम्कीपूर्ण फोन र म्यासेज गरेका थिए । वरुण धवन र गौतम गम्भीरसँग पनि उनले धम्की दिएर जबरजस्ती पैसा असुल्ने प्रयास गरेका थिए । त्यस्तै सलमान खानसँग पनि ५० लाख असुल गर्ने कोसीस गरेका थिए तर उनी त्यसमा सफल भने भएनन् ।

उनले शाहरुख खान, सेफ अलि खान लगायत ८ बलिउड सेलिब्रेटीलाई धम्काएको स्वीकारेका छन् । उनले यी सेलिब्रेटीलाई फोन गरेका थिए तर फोन म्यानेजरले उठाएपछि संदीपले धम्कीपूर्ण म्यासेजहरु पनि पठाए । तर उनी सफल भने भएनन् । उनको डायरीमा झण्डै ३८ जति सेलिब्रेटीमा मोबाईल नम्बर थिए ।

उनले तीनै नम्बरहरुबाट छानेर केही सेलिब्रेटीहरुबाट पैसा असुल्न खोजेका थिए । उनको डायरीमा अक्षय कुमार, नवाज, अशरद, अजय देवगन, शोनाक्षी सिन्हा, आलिया भट्ट र सिद्धार्थ मल्होत्राको नम्बर पनि छ । संदीपले महेश भट्टलाई फोन गरेर आफूलाई उत्तर प्रदेशको डन बब्लु श्रीवास्तव बताएका थिए ।

उनले महेशसँग ५० लाख माग्दै नदिएको खण्डमा उनकी छोरी आलिया र श्रीमती सोनीलार्ई मार्ने धम्की दिएका थिए । शुरुमा ५० लाख मागेका संदीप कुरा नमिल्ला जस्तो भएपछि २५ लाखमा झरेका थिए । उनले महेशलाई पैसा हाल्न भन्दै पंजाब नेशनल बैंकको अकाउण्ट नम्बर दिए । त्यहि लोकेशनको आधारमा पुलीसले उनलाई गिरफ्तार गरेको हो । हाल संदीप बरेलीस्थित सेन्ट्रल जेलमा छन् ।

प्रकाशित मिति: २१ फाल्गुन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्