मलाईका र अरबाज पार्टीमा सँगै, किन गरे एकअर्कालाई बेवास्ता ?


 


काठमाण्डौ, फागुन २१
अभिनेता अरबाज खान र आईटम गर्ल मलाईका अरोडा खानको सम्बन्ध बिच्छेदको चर्चा बिगत लामो समय देखि चलिरहेको छ । एकातिर उनीहरुको सम्बन्ध बिच्छेद हुने कुरा छ भने अर्कातिर उनीहरु एक साथ देखिन पनि छाडेका छैनन् ।

उनीहरु प्राय पारिवारिक फंशनहरुमा उपस्थित हुन्छन् तर एकअर्काबाट भने टाढा रहन्छन् । बिहिबार मलाईकाकी आमाको जन्मदिन पार्टीमा अरबाज र मलाईका उपस्थित थिए ।

तर उनीहरु एकले अर्कालाई ईग्नोर गरिरहेका थिए । मलाईकाको परिवारसँगै बसेर अरबाजले मिडियाको लागि पोज पनि दिए । तर उनी मलाईकाको नजिक भने गएनन् नत मलाईका नै अरबाजको नजिक आईन् ।

एउटै फंशनमा उपस्थित भएपनि पनि उनीहरु एकअर्काबाट टाढै रहे जुन कुरा सार्वजनिक तस्विरमा पनि स्पष्ट देख्न सकिन्छ । ईभेन्टमा अरबाज प्राय साली अमृतासँग देखिए । यसले अरबाज साली अमृताको निम्तो स्वीकारेर पार्टीमा गएको बुझिन्छ ।

अरबाज र मलाईका हाल एक्ला एक्लै बसिरहेका छन् । उनीहरुले विवाहको १७ वर्षपछि एकअर्काबाट अलग हुने निर्णय लिएका हुन् । एकअर्काबाट अलग रहेपनि उनीहरु कानुनी रुपमा भने अलग भईसकेका छैनन् ।

प्रकाशित मिति: २१ फाल्गुन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्