संजय दत्तका सुरक्षा गार्ड र मिडियाकर्मीबीच झडप


 


काठमाण्डौ, फागुन २१

आगराको ताजनगरीमा आफ्नो आगामी फिल्म ‘भूमि’का लागि सुटिङ गरिरहेका संजय दत्तका सुरक्षा गार्ड र मिडियाकर्मीबीच झडप भएको छ । झडपमा परी ५ पत्रकार घाइते भएका छन् । यद्यपी, संजय दत्तले पत्रकारसँग माफि मागेको बताइएको छ ।

खबरअनुसार, संजय दत्त फिल्म युनिटको साथमा पछिल्लो केही समयदेखि आगरामा सुटिङ गरिरहेका छन् । यसै क्रममा ताजमहलदेखि केही टाढा ‘भीभीआईपी’ सडकमा फिल्मको एक दृश्य लिइरहेका थिए ।

जसका कारण सडकमा जाम पर्यो । यस जामका कारण देश तथा विदेशबाट ताजमहल हेर्न पुगेका पर्यटकहरुलाई सास्ती खेप्न परिरहेको थियो । यही घटनालाई कभर गर्न केही पत्रकार त्यहाँ पुगे ।

तब संजयको इशारा पाएपछि सुरक्षा गार्डहरुले मिडियाकर्मीमाथि हमला गर्न पुगे । पत्रकारमाथि कुटपिट भएको भन्दै स्थानियले पनि विरोध गरे र यूरा घटनालाई क्यामेरामा कैद गर्न भ्याए ।

प्रकाशित मिति: २१ फाल्गुन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्