बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले सम्हाले कार्यभार



काठमाडौं । नेपाल बीमा प्राधिकरणको नव नियुक्त कार्यकारी निर्देशक सुशीलदेव सुवेदी आजदेखि कार्यभार सम्हालेका छन्।

बीमा प्राधिकरणको सञ्चालक समितिको आज बसेको बैठकले पदपूर्ति समितिको सिफारिसमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो। उनले आजदेखि नै कार्यभार सम्हालेका हुन्।

पदपूर्ति समितिले कार्य सम्पादन मूल्यांकनका आधारमा सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्न गरेको सिफारिस गरेको थियो। समितिको बढुवासम्बन्धी सिफारिस सञ्चालक समिति बैठकले आज अनुमोदन गरेको हो।

सुवेदी प्राधिकरण सञ्चालक समितिको सचिव एवं प्रवक्ताको समेत जिम्मेवारीमा छन्। उनी बीमा प्राधिकरणले सञ्चालन गर्दै आएको इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन)का प्रमुख कार्यकारी अधिकृतसमेत छन्।

प्रकाशित मिति: ३० फाल्गुन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्