मेघा भर्इन मिस टुरिजम (हेराैं टुरिजम सुन्दरीहरूका तस्बिर)


 


धरान, फागुन २१

धरानमा सम्पन्न भएको मिस टुरिजम नेपालमा मेघा रसाईली विजयी भएकी छिन् । धरान सभागृहमा विहिबार भएको कार्यक्रममा विजयी बन्दै मेघाले स्कुटी र सौर्य एयरलाईन्समा एयरहोस्टेज बन्ने मौका पाएकी छिन् ।

त्यसैगरी मिस ट्यालेन्टको टाइटलसहित मोरङ, बेलबारीकी स्नेहा वन फस्ट रनरअप भईन् । उनले ३५ हजार र सौर्य एयरलाईन्समा जागिर पाईन् । भने झापा, दमककी सोयाश्री बज्राचार्य वेष्ट क्याटवाक सबटाइटल सहित सेकेन्ड रनरअप भईन् । उनले नगद २५ हजार र सौर्य एयरलाईन्सको जागिर पाईन् ।

सहारा ग्रुप इन्टरटेन्मेन्टको आयोजना र सौर्य एयरलाईन्सको मुख्य प्रायोजनमा भएको प्रतिष्पर्धामा बन्दना राई मिस पर्सनालिटी, रविना खवास मिस फोटोजेनिक, अनु राई मिस पब्लिक च्वाईस, आयुषा मगर मिस हस्पिटालिटी, रिचा भण्डारी मिस व्युटिफुल र सरिता राई मिस फ्रेन्डशीप घोषणा भए ।

गत माघ ६ बाट सुरु भएको प्रतिष्पर्धाका १५ सहभागीहरुलाई नेहा बजाज र सुभेक्षा कार्कीको कोरियोग्राफी प्रशिक्षण दिएका थिए । सहारा क्रियशन धरान र जुन जुनेली बुटिक विराटनगरको पहिरन डिजाईनमा भएको फाईनलमा मुख्य निर्णायक तिम्सिना सहित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. निशा केशरी भट्ट, डा.डेनिस पियुष, सेछ ट्राभलिङ तथा होटलकी सञ्चालिका एलिना मगर, मिस पूर्वाञ्चल २०१४ नेमिता आङबुहाङ, युवा व्यवसायी तथा मोडल रोशन श्रेष्ठ, झापा ट्राभलका शंकर भट्टराई, निगाले सिमेन्टका दिनेश पौडेल र अजय पोखरेलको निर्णायक टोलिले विजेता छानेको थियो ।

कार्यक्रममा गायक प्रकाश पौडेल, पदम राई र विशाल राईले गीत प्रस्तुत गरेका थिए भने गरिमा डान्स सेन्टरले नृत्य प्रस्तुत गरेको थियो ।
मिस नेपाल २००५ सुगारिका केसीको आकर्षक उद्घोषण रहेको प्रतिष्पर्धाका विजेतालाई प्रमुख अतिथी सौर्य एयरलाईन्सका चिफ मार्केटिङ मुकेश खनाल लगायतले पुरस्कार वितरण गरे ।

विजेताहरुलाई मनाङ मुस्ताङको भ्रमणसहित पर्यटन प्रवद्र्धनको ज्ञानपनि दिईने इभेन्ट म्यानेजर सौगात रिजालले बताए । नेपाली कला संस्कार, संस्कृति र प्रकृतिक पर्यटनको विकास प्रबद्र्धन र मद्धत पुर्याउने उद्देश्यले मिस टुरिजम नेपालको आयोजना गरिएको इभेन्ट डाइरेक्टर श्री हिन्दुहाङ राईले बताए ।

प्रकाशित मिति: २१ फाल्गुन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्