पुटिन–ट्रम्प फोनवार्तालगत्तै रुसले गर्यो युक्रेनमा ड्रोन आक्रमण



काठमाडौँ, चैत ७ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता भएको केही घण्टापछि रुसले युक्रेनका दुई अस्पतालमा ड्रोन आक्रमण गरेको छ ।

युक्रेनी अधिकारीहरूले रुसी सेनाले युक्रेनको उत्तरी सुमी क्षेत्रका दुई अस्पतालमा ड्रोन आक्रमण गरेको बताएका छन् । त्यतिबेला अस्पतालमा १४७ बिरामी र २२ कर्मचारी उपस्थित थिए ।

बुधबार बिहान पनि क्रास्नोपिल्ली नामक क्षेत्रको एउटा अस्पतालमा छ वटा ड्रोन आक्रमण गरिएको युक्रेनी अधिकारीहरूको भनाइ छ। जहाँ ४९ बिरामी र ११ कर्मचारी बसिरहेका थिए ।

आक्रमणले अस्पताल भवनमा ठूलो क्षति पुगे पनि हमलाका बेला सबै जना आश्रयस्थलमा रहेकाले सुरक्षित रहेको बताइएको छ ।

प्रकाशित मिति: ६ चैत्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्