महायज्ञ गर्ने नाममा डोम समुदायको घर भत्काइयो : जीवन परियार



काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले गाउँपालिका अध्यक्षकै संलग्नतामा डोम समुदायको घर भत्काइएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद परियारले सो कुरा बताएका हुन् ।

उनले सिरहाको औरही गाउँपालिका-५ मा विष्णु महायज्ञ गर्ने नाममा त्यहाँ बसोबास गरिरहेका डोम समुदायका व्यक्तिहरूलाई उठिवास गर्ने घटना भएको बताए।

सांसद परियारले गाउँपालिका अध्यक्ष र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्षको संलग्नतामा डोम समुदायलाई उठिवास गर्ने काम भएको बताए।

सांसद परियारले भने,‘औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलीप यादवसहितका व्यक्तिहरूले डोम समुदायका व्यक्तिहरूलाई उठिवास गर्ने काम भएकोमा घोर भर्त्सना गर्दछु।’

मधेस प्रदेश सरकारले पाँच वर्षअघि डोम समुदायका लागि दुई कोठे घर निर्माण गरिदिएको थियो। ती भत्काएर उक्त ठाउँमा महायज्ञ सञ्चालन गर्न लागिएपछि विरोध भइरहेको छ।

प्रकाशित मिति: ६ चैत्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्