पूर्वराजा शाहले संविधानविपरीत काम गरे, कारबाही गर्नुपर्छ : रामहरि खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानविपरीत काम गरिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले उक्त आरोप लगाएका हुन् ।

उनले संविधान विपरीत काम गरेकाले पूर्वराजा शाहलाई कारबाही गर्न माग गरे।

सांसद खतिवडाले फागुन ६ गते प्रजातन्त्र दिवसका अवसरमा शुभकामनामा भिडियो सन्देश दिँदै पूर्व राजा शाहले शाही निशाना प्रयोग गरेको र श्री ५ को सरकार लेखेकाले कारबाही गर्न सरकारलाई निर्देशन दिन सभामुख देवराज घिमिरेलाई आग्रह गरे।

उनले २०६५ जेठ १६ गते शाही निशाना हटाए पनि अहिलेसम्म त्यो प्रयोग गरेर संविधान विपरीत काम गरेको बताए ।

खतिवडाले त्यो काम कसरी हुने अवस्था आयो भन्दै प्रश्न समेत गरे ।

प्रकाशित मिति: ६ चैत्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्