कांग्रेस नेता कोइराला भन्छन् – भन्न त नहुने, तर देशमा सुशासन पटक्कै छैन



काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशमा सुशासन नरहेको बताएका छन् ।

गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा आयोजित गिरिजाप्रसाद र लोकतन्त्र विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले नेपाली काँग्रेस अहिले सरकारमा रहेको तर सुशासन नरहेको बताए ।

नेता कोइरालाले भने, ‘आजको दिन पनि हामी सरकारमा छौँ । नेपाली काँग्रेस सरकारमा छ । नेपाली काँग्रेस र एमाले सरकारमा नै छौँ । हामीले सुशासनको लागि त कुरा गर्नुपर्‍यो, अगाडि बढाउनुपर्‍यो । भन्न त नहुने, सुशासन पटक्कै छैन भनेपनि हुन्छ ।’

उनले सरकार आफूलाई मन लागे योग्यताको आधारमा नभए मन परेको आधारमा कर्मचारी नियुक्ति गर्ने काममा लागेको आरोप लगाए।

नेता कोइरालाले सरकारलाई खबरदारी गर्ने जिम्मेवारी आफूहरुको भएको बताए । नेपाल अफ्ठ्यारोमा परेको बताउँदै उनले अबका दिनमा कुनैपनि पार्टीको पछि नलाग्ने बताए ।

प्रकाशित मिति: ६ चैत्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्