कांग्रेस र एमालेसँग सहकार्य गर्दा पार्टीलाई घाटा भयो : प्रचण्ड



बारा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेसँग सहकार्य गर्दा आफ्नो पार्टीलाई घाटा भएको बताएका छन् ।

जिल्ला समन्वय समिति, बाराले आयोजना गरेको तराई–मधेश जागरण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनलेगएका निर्वाचनहरूमा कांग्रेस र एमालेसँग सहकार्य गर्दा पार्टीलाई घाटा भएको कुरा अहिले प्रमाणित भएको बताए।

उनले गत उपनिर्वाचन र अहिले जारी स्ववियु निर्वाचनको परिणामले उक्त अवस्था देखाएको जिकिर गरे ।

अध्यक्ष प्रचण्डले एमाले र कांग्रेसले अब माओवादी केन्द्र आफ्नौ खुट्टामा उभिन सक्दैन भनेर स्थापना गर्न थालेको भाष्य गलत सावित भएको बताए।

प्रकाशित मिति: ६ चैत्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्