कति छ अमिताभसंग सम्पति ? हेर्नुहोस्


 


लैंगिक समानतामा जोड दिँदै आएका बलिउड नायक अमिताभ बच्चनले केही समयअघि मृत्यु पश्चात आफ्नो सम्पति छोरा अभिषेक र छोरी श्वेतालाई समान रुपले बाँड्ने घोषणा गरेका थिए ।

३८ वर्षदेखि बलिउडमा सक्रिय अमिताभ बच्चनको कुल सम्पति कति छ ? यद्यपी, बिग बीको कुल सम्पतिको कुनै सत्य जानकारी भने छैन, किनकि उनको सम्पतिलाई लिएर रिपोर्टहरुमा भिन्नता देखिने गरेको छ ।

कुल सम्पति कति ?

एक भारतीय अखबारका अनुसार, बिग बीको कुल सम्पति लगभग ३,६०० करोड भारु छ, उनको बार्षिक आम्दानी करिब १०० करोड रुपैयाँ बताइन्छ ।

अमिताभको सुरुवाती कमाई एउटा फिल्म बराबर १००० रुपयाँ थियो, तर चाँडै नै उनको पारिश्रमिक लाख र त्यसपछि करोडमा पुग्यो ।

अहिले अमिताभ एक फिल्म गरेबापत ७ देखि ८ करोड भारु पारिश्रमिक लिने गर्छन् । टेलिभिजनबाट पनि उनको राम्रै कमाई हुन्छ । साथै विज्ञापन पनि उनको लागि आम्दानीको राम्रो स्रोत हो।

कति वटा घर ?

अमिताभका दुई महंगा घर ‘प्रतीक्षा’ र ‘जलसा’ छन् । प्रतिक्षा घरमा उनी आफ्नो बुबा–आमासँग बस्थे । बुबा–आमा बितेपछि अमिताभ जलसा घरमा बस्न थाले ।

प्रतिक्षा घरको मुल्य करिब १६० करोड भारु अनुमान लगाइन्छ, भने जलसा घरको मुल्य योभन्दा बढी छ । यसबाहेक जुहुमा उनले एक अर्को घर किनेका छन्।

अनि जलसा घरको पछाडि एक प्लट किनेका छन्, जसको मुल्य ५० करोड बताइएको छ । भनिन्छ उनले करिब ३०० करोड भारु घर–जग्गामा लगानी गरेका छन् ।

कार कति ?

अमिताभ बच्चनसंग ११ वटा कार छन् । यसमा मर्सिडिज, बीएमडब्ल्यू, पोर्श, लेक्सस, फेन्टमजस्ता लक्जरी कार छन् । यी यस्ता कार हुन जसको एउटा टायरको मुल्य मात्रै करिब २.५ लाख रुपैयाँ पर्न आउँछ ।

शेयर बजार

अमिताभले शेयर बजारमा पनि राम्रै पकड राखेका छन् । शेयर बजारबाटै उनले करोडौँ कमाउँछन् । उनले जस्ट डायलको शेयर ६.२७ लाख रुपैयाँमा ६२, ७९४ कित्ता किनेका थिए, जसलाई पछिल्लो बर्ष प्रतिकित्ता ७.२२ लाखमा बचेका थिए ।

यसबाट उनले लगभग ११,४०० गुणा बढी मुनाफा कमाए। यो त एक उदाहरण मात्र हो। उनले अन्त कति क्षेत्रमा सेयर हालेका छन् यसको विवरण एकिन छैन।

अमिताभकी छोरी श्वेताको विवाह उद्योगपति नन्दा परिवारमा भएको हो र उनी दुई सन्तानकी आमा हुन् । त्यस्तै अभिषेकले पूर्व मिस वर्ल्ड तथा अभिनेत्री ऐश्वर्या रायसँग विवाह गरेका छन् र उनी एक छोरीका पिता हुन् ।

अभिताभसंग सार्वजनिक भएका सम्पति बाहेक थप सम्पति कति छन् सो अनुमान गर्न सकिन्न। तर आफ्नो सम्पति यी दुई छोरा छोरीलाई बराबर बाड्ने उनले घोषणा गरिसकेका छन्

प्रकाशित मिति: २२ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्