स्रोत नखुलेको भारतीय रुपैयाँसहित रौतहटबाट एक जना पक्राउ



रौतहट । रौतहटमा स्रोत नखुलेको भारतीय रकमसहित एक जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीले आलु–खुर्सानीसँगै लुकाइएका ३ लाख ७८ हजार भारतीय रुपैयाँसहित एकजना पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पचरुखी निवासी राजकुमार सुढी रहेका छन्। भारतसँग जोडिएको राजदेवी नगरपालिका नाकाबाट ब्रम्हपुरी हुँदै नेपाल प्रवेश गरेका सुढी शनिबार अपराह्न पक्राउ परेका हुन् ।

साइकलमा नेपाल आउँदै गरेका सुढीको चेकजाँच गर्ने क्रममा नाइलनको झोलाभित्र आलु–खुर्सानीसँगै लुकाइएका भारतीय रुपैयाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ९ चैत्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्