किन संजय दत्तको नामको सिन्दुर लगाउँछिन् रेखा ?



काठमाण्डौ, फागुन २३

पछिल्लो समयमा अभिनेत्री रेखाको जीवनमा आधारित किताब ‘रेखा स् दअनटोल्ड स्टोरी’लाई लिएर बलिउडमा हंगामा मच्चिएको छ । यस किताबमा उनको जिन्दगीसँग जोडिएका सम्पूर्ण रहस्यको पर्दा उठेको छ ।

रेखा सँधैजसो आफ्नो सिउँदोमा सिन्दुर लगाएर हिड्छिन्, तर कसको नामको सिन्दुर लगाउँछिन् कसैलाई थाहा छैन। तर, किताबमा लेखिएको छ, ‘जब अमिताभ रेखादेखि टाढा भए र विनोद मेहरासँगको रेखाको वैवाहिक सम्बन्ध पनि समाप्त भयो, तब उनी एक्ली भइन् ।

त्यस समय संजय दत्त फिल्म ‘जमीन–आसमान’को सुटिङ गर्दै थिइन् । त्यस समय रेखा र संजय दत्त नजिकिएका थिए र दुवै जना एक–अर्कासँग प्रेम गर्न थाले ।’

त्यस्तै अगाडि लेखिएको छ, ‘फिल्म सुटिङ सकिँदा नसकिँदै दुवैले विवाह गरे । दुवै जना घरबाट टाढा, गायब रहे र आ–आफ्नो घरमा केही बताएनन् । तर, जब रेखा र संजय दत्तको विवाहको कुरा सुनिल दत्त संजयका बुबाले थाहा पाए, निक्कै उनी रिसाए । उनले संजय दत्तलाई खोजे र रिचा शर्मासँग विवाह गरिदिए ।’

रेखा संजय दत्तभन्दा ५ बर्ष जेठी छिन् । खबरलाई मान्ने हो भने रेखाले संजय दत्तको नामको सिँदुर आफ्नो सिउँदोमा लगाउँछिन् । यो किताब यासीर उस्मानले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News