राजावादीहरुले राजनीतिक बेइमानी गरे : मोहन वैद्य
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणले राजावादीहरुले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन्।
महासचिव वैद्यले वक्तव्य जारी गर्दै आफूलाई राजसंस्था पुनर्स्थापना गर्नपर्ने पक्षमा रहेको भनी गलत प्रचारबाजी गरेको बताउँदै त्यसको कडा शब्दमा खण्डन गरेका हुन् ।
राजवादीहरूले केही निकट मिडियाका साथै सामाजिक सञ्जालमा ‘मोहन वैद्य वर्तमान परिस्थितिमा राजसंस्था पुनर्स्थापनाको पक्षमा’ भनी प्रचार गराएका थिए।
यसै विषयमा वक्तव्य जारी गर्दै महासचिव किरणले राजावादीहरुले जीवनभर गर्दै आएको संघर्षप्रतिको आक्रमण भएको बताए ।
उनले यस्ता बेइमानी कदमलाई खारेज गरेको बताउँदै यी भ्रमलाई विश्वास नगर्न आग्रह गरेका छन्।
राजावादीहरुले किरणले पाँच वर्षअघि कम्बोडियाका राजा सिंहानुकको प्रसङ्गमा बोलेको विषयलाई लिएर गलत प्रचार गरिरहेका थिए ।
प्रकाशित मिति: १२ चैत्र २०८१, बुधबार
















