’दर्पण छाँया २’ युनिट फिल्म प्रचारमा व्यस्त


 


काठमाण्डौ, फागुन २३

फागुन २७ गतेदेखि प्रर्दशनमा आउने फिल्म ’दर्पण छाँया २’  ले आफ्नो प्रचार प्रसारलाई तिव्र पारेको छ। फिल्मको रिलिज मिति नजिकिदै गर्दा नायिका सहारा कार्की अमेरिकाबाट परिवार सहित नेपाल आएकी छिन्।

फिल्म निर्माता रहेका सहाराकी आमा बुवा सबु गदाल कार्की र रवि कार्की पनि फिल्म प्रचारमा व्यस्त हुन थालेका छन्। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्म निर्देशक तुलसी घिमिरेले ’दर्पण छाँया २’  पूर्ण सांगीतिक फिल्म रहेको बताए। उनी भन्छन्’दर्पण छाँया २’  पूर्ण सांगीतिक फिल्म हो।

यो फिल्म हेर्न स-परिवार जाँदा हुन्छ। उनले आइतबार फिल्ममको सेन्सर पास भएको पनि जानकारी दिए। कार्यक्रममा फिल्मका निर्माता तथा निर्मात्री सहित फिल्मका प्रायस् सबै कलाका उपस्थित थिए।

कलाकारहरुले फिल्ममा अभिनय गर्नको लागि आफूलाई अवसर दिएकोमा निर्देशक तुलसी घिमिरेलाई धन्यवाद दिए। नायक पुष्पल खड्काले भने मैले यस फिल्ममा सकेसम्म राम्रो काम गरेको छु, यसलाई दर्शकले हेरेर राम्रो प्रतिक्रिया दिने कुरामा पनि म विश्वस्त छु।

फिल्ममा पुष्पल खड्का, साहरा कार्की, श्रद्दा प्रसाई, फिरोज तिमल्सिना, तुलसी घिमिरे लगायतको अभिनय रहेको छ।

प्रकाशित मिति: २३ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्