प्रधानमन्त्री ओलीसँगै आलोकनगरमा देखिए भीम रावल



काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावल प्रधानमन्त्री केपी शर्मा ओलीसँगै देखिएका छन् ।

राजावादीहरुको प्रदर्शनका क्रममा गत शुक्रबार आगजनी भएको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयको अवस्था अनुगमन गर्न सोमबार आलोकनगर पुगेका एमाले अध्यक्षसमेत रहेका ओलीसँगै रावल पनि देखिएका हुन् ।

गत पुस १० गते एमालेबाट निष्काशनमा परेपछि एकीकृत समाजवादी प्रवेश गर्ने वा नयाँ पार्टी खोल्ने चर्चा चलेपनि रावल अहिले मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका छन् ।

एमाले अध्यक्ष ओलीको आलोचक भएकै कारण रावललाई पार्टीबाट निष्कासन गरिएको थियो ।

प्रकाशित मिति: १७ चैत्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्