गरिमाको नयाँ वर्ष अफरः दराजबाट खरिद गर्दा छुट




काठमाडौँ । नयाँ वर्षको अवसरमा गरिमा विकास बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा छुट पाउने भएका छन् ।


गरिमा विकास बैंक लिमिटेड र दराजबीच सम्झौता १५ प्रतिशतसम्म छुट दिने सम्पन्न भएको छ । नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो ।


यस छुट योजना अन्तर्गत विकास बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकहरूले दराजको बेवसाईट वा मोबाईल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रु.७५० सम्म र डेविट कार्ड होल्डर ग्राहकहरुले १०प्रतिशत वा अधिकतम रु.५०० सम्म छुट प्राप्त गर्नेछन् ।

छुट योजना २०८१ चैत्र २२ गतेदेखि सुरु भई २०८१ चैत्र ३१ गतेसम्म लागू हुनेछ । गरिमा विकास बैंकका कार्डहोल्डर ग्राहकहरुले यस योजना सुरु भएपश्चात दराजको बेवसाईट वा मोबाईल एपमा उपलब्ध हुने यस विकास बैंकको नाँउको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् ।


हाल, गरिमा विकास बैंकले देशभर १ सय २३ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मार्फत सरल, सुरक्षित एवम् गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रकाशित मिति: २१ चैत्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्