मन मिल्ने मान्छे खोज्दै प्रियंका



काठमाडौं, फागुन २५
नेपाली चलचित्र उद्योगको नम्बर १ नायिकाको रुपमा काम गर्न सफल भएकी छिन् नायिका प्रियंका कार्की । एक पछि अर्को चलचित्रमा निकै व्यस्त छिन् । यति सम्म कि उनलाई भेट्न आफ्नो बाबा,आमाले पनि समय लिनुपर्छ ।

भखरै आफ्नो ३० औ जन्मउत्सव मनाएकी प्रियंकालाई धेरैको एउटै प्रश्न हुन्छ बिवाह कहिले रु यो प्रश्न उनको परिवारबाट पनि बारबार आउने गरेको छ । तर प्रियंका भने आफ्नो विवाह आफूले तोकेको समयमा नहुने भन्दै उनले आफू करमा विवाह नगर्ने र मनपरेको मान्छे पाए जुनसुकै समयमा विवाह हुने बताईन् ।

अहिले सम्म मनमिल्ने मान्छे नपाएको पनि उनले खुलाएकी छिन् । तर आफ्नो जीवनमा विहे हुदा र नहुदा कुनै पनि फरक नपर्ने पनि प्रियंकाले बताएकी छिन् । विवाहको प्रस्ताव आउदा मायालु रुपमा आफूले पनि थ्याङक्यू भन्दै टार्ने गरेको प्रियंकाको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News