बिपासालाई लाग्यो यस्तो आरोप !


 


काठमाडौं, फागुन २५
भारत–पाकिस्तान फेशन शोका अर्गनाईजर रोनित शर्माले अभिनेत्री बिपासा बसुलाई अनप्रोफेशनल भएको आरोप लगाएका छन् । उनका अनुसार लण्डनमा भएको एक फेशन शोमा बिपासा शो स्टपर बन्ने कुरा थियो । बिपासाले उक्त शोको पारिश्रमिक पनि लिईसकेकी थिईन् ।

तर श्रीमान् करणसँग लण्डन पुगेकी बिपासाले उक्त शोमा सहभागिता जनाईनन् । उक्त ईभेन्टका अर्गनाईजर रोनित शर्माले फेसबुकमा एक पोस्ट सेयर गर्दै विपासालार्ई यो आरोप लगाएका हुन् ।

आफूलाई अव्यवहारिक भन्ने आरोप लागेपछि बिपासाले पनि ट्विटमार्फत रोनितलाई जवाफ दिँदै लेखेकी छिन्, ‘यदि म यति धेरै अव्यवहारिक थिएँ भने १५ वर्षसम्म बलिउडमा टिक्न सक्दिनथेँ ।’ बिपासाको यो जवाफ पछि उनलाई श्रीमान् करण सिंह ग्रोभरले पनि साथ दिएका छन् ।

प्रकाशित मिति: २५ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्