चलचित्र पत्रकार संघमा सापकाेटा विजयी



काठमाडाैं, फागुन २६

चलचित्र पत्रकार संघले नयाँ नेतृत्व चयन गरेको छ। संघको अध्यक्षमा आफ्ना प्रतिष्पर्दी लक्षमण सुवेदीलाई २१ मतले पछि पार्दै महासचिव सन्दिप सापकोटा अध्यक्षमा विजय भए।

यसैगरी ३ उपाध्यक्षमा महिलातर्फ गीता अधिकारी विजयी भइन भने कार्यक्रमतर्फ श्याम अर्याल निर्वाचित हुँदा दिनेश सिटौला संगठन उपाध्यक्षमा निर्विरोध भए।

महासचिवमा अनिल यादव २ मतको झिनो अन्तरले विजयी बने। कोषाअध्यक्ष तथा सह-कोषाध्यक्षमा कुवेर ढंगोल तथा जीवन पराजुली क्रमश: निर्विरोध निर्वाचित हुन पुगे।

सचिव पदमा बैकुण्ड राज पराजुलीको जीत हुँदा समावेशीतर्फ समिर बलामी निर्विरोध भए। यसैगरी कार्यसमिति सदस्य वर्षा बस्नेत, उत्सव रसाईली, बाबु दुलाल, कृष्ण भट्टराई, विकास लामिछाने,मनिष कार्की तथा मनिष लामिछानेको पक्षमा जाँदा दीपज्योति थापा एवम विशाल राई समावेशीमा निर्विरोध रहे।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News