सेल्फी लिन खोज्दा प्रकाश राजले फुटाईदिए फ्यानको मोबाईल


 


काठमाडौं, फागुन २६
दक्षिण भारतीय सुपरस्टार प्रकाश राजको रिस देखेर उनकै फ्यानहरु अचम्म परेका छन् । प्रकाश राजले हालै मात्र चेन्नई एयरपोर्टमा एक फ्यानको मोबाईल फुटाई दिए । खास कुरा के भने एयरपोर्टबाट निस्किने गेटमा उनलाई फ्यानहरुले घेरे ।

केही फ्यानहरु उनीसँग सेल्फी लिने भन्दै तँछाडमँछाड गर्न थाले । यहि क्रममा प्रकाशले एक फ्यानको मोबाईल खोसेर फुटाईदिए । प्रकाशको रिस देखेर ती फ्यान अचम्ममा परे । उनले प्रकाशहसँग मोबाईलका बारेमा कुरा गर्न खोज्दा प्रकाश कारमा बसे र एयरपोर्टबाट निस्किए ।

प्रकाश बाहिर निस्किएपछि ती पीडितले आफ्नो मोबाईल फुटेबारे एयरपोर्टका अधिकारिहरुसँग कुरा गर्न खोज्दा उनीहरुले प्रकाश एक सेलिब्रेटी भएका कारण उनको यो गल्तीमा एक्शन लिन नसक्ने बताए । प्रकाश यसरी रिसाएको यो पहिले पटक भने होईन ।

उनको यस्तो रिस पहिले पनि पटक–पटक देखिएको छ । यहि कारण उनीमाथि तेलुगु सिनेमाका निर्माताहरुले ६ पटक प्रतिबन्ध लगाएका थिए । आफूमाथि प्रतिबन्ध लगाईएबारे प्रकाशले आफू सधैँ आफ्नै नियम कानुनलाई फलो गर्ने र यसबाट पछि नहट्ने बताएका थिए ।

पछि उनलाई दक्षिण भारतीय मिडियाहरुमा केही निर्माताहरु मिलेर उनलाई फसाएका खबरहरु पनि आएका थिए ।

प्रकाशित मिति: २६ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्