वस्ती निर्माणको लागि फाउण्डेशन खोल्दै स्वेता


 


काठमाडौं, फागुन २६

अभिनेत्री स्वेता खड्काले सिन्धुपाल्चोकको ठूलो सिरुबारीस्थित माझी गाउँमा एकिकृत वस्ती निर्माण गर्दै छिन् । यसका लागि स्वेताको पति श्री कृष्ण श्रेष्ठको नामबाट एक फाउण्डेशन खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

भुकम्प गएको २ वर्ष पुग्न लाग्दा पनि टहरामै बसेका त्यहाँका ६३ माझी परिवारलाई स्वेताले आवास सहित अन्य केही सुविधा पनि उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छिन् । यहि अनुरुप श्री कृष्ण श्रेष्ठको नाममा उनले फाउण्डेशन खोल्न लागेकी हुन् ।

कुनै संघसस्था नभएर व्यक्तिगत हिसाबले वस्ती निर्माण गर्न नमिल्ने भएका कारण आफूले फाउण्डेशन खोल्न लागेको स्वेताले जानकारी दिएकी छिन् । उनलाई यो वस्ती निर्माणमा अन्य केही सहयोगी हातहरुले पनि सहयोग गर्ने छन् ।

सिन्धुपाल्चोक स्वेताका पति श्री कृष्णको जन्म जिला भएकाले पनि स्वेताले त्यस ठाउँमा एककिृत वस्ती बनाउन चासो देखाएकी हुन् । उनले त्यो एकिकृत वस्ती पति श्री कृष्णकै नाममा बनाउने भएकी छिन् । स्वेताले फागुन २७ गते नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा पत्रकार सम्मेलन गरेर फाउण्डेशनको आधिकारिक घोषणा गर्दैछिन् ।

उनले उक्त कार्यक्रममा एकिकृत वस्तीको डमी समेत देखाउने भएकी छिन् । स्वेताले स्वर्गीय पति श्री कृष्णको चाहना पूरा गर्नको लागि आफू समाज सेवामा लागेको बताउँदै आएकी छिन् । उनले यो वर्ष श्री कृष्णको जन्मदिन पारेर घर आँगन नामक सामाजिक संस्थाको कार्यालयको जग बसाल्न एक लाख ५० हजारको सहयोग गरेकी थिईन् ।

प्रकाशित मिति: २६ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्