ब्राजिलका फुटबलर कार्लोस जेभिर्यस कलेजमा




काठमाडौँ, १० वैशाख । ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेस कालोपुलस्थित जेभिर्यस इन्टरनेशनल कलेज पुग्नुभएको छ ।

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आउनुभएका कार्लाेस आज सो कलेजमा पुगेर विद्यार्थीसँग अन्तरक्रिया पनि गर्नुभएको हो । उहाँलाई कलेजका सञ्चालक लोकबहादुर भण्डारी, गोपाल भण्डारीलगायतले स्वागत गर्नुभएको थियो ।

सञ्चालक भण्डारीले अध्यापन र खेलकुद सधैँ हाम्रो प्राथमिकतामा पर्ने भएकाले कार्लाेसको आगमनले आफूहरु हर्षित भएको बताउनुभयो।

प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्