मलेसियामा दुर्इ नेपालीकाे मृत्यु


 


क्वालालम्पुर, फागुन २७

मलेसियामा कार्यरत दुई नेपालीको ज्यान गएको छ । पाल्पा जिल्ला अर्चले गाविस वडा न ९ घर भई काजाङको सिनयाप कम्पनीमा कार्यरत ३९ वर्षका गणेशवहादुर खण्डलुकको वुधवार मृत्यु भएको हो ।

नियमित काम गरेर खाना खाई सुतेका गणेश विहान नउठेपछि साथीहरुले उठाउन थाल्दा उनको मृत्यु भैसकेको थियो । शवलाई पोसमार्टमको लागि स्थानिय काजाङ अस्पतालमा लगिएको छ । गणेश करीव तीन वर्षदेखि मलेसियामा रोजगारी गर्दै आएका थिए ।

त्यस्तै साईडाडा ४ ओख्रे उदयपुरका एकवहादुर आले मगरको बिहीबार मृत्यु भएको छ । उनी पनि नियमित कामवाट आएर खाना खाई सुतेका र सुतेकै ठाउँमा मृत्यु भएको वताईएको छ। सेलाङगरमा रहेको एक कम्पनी आले मगर २१ महिना अगाडिदेखि काम गर्दै आएका थिए

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्