सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोवार ?



काठमाडौं। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

बिहीबार प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको सुन साताको अन्तिम दिन स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ९३० रुपैयाँ कायम छ ।

प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्