आज ‘ठूलो व्यापार सम्झौता’ घोषणा गर्दै डोनाल्ड ट्रम्प
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज ‘ठूलो व्यापार सम्झौता’ घोषणा गर्ने भएका छन् ।
उनले बिहीबार एक ‘महान र धेरै सम्मानित देश’सँग ‘ठूलो व्यापार सम्झौता’ घोषणा बुधबार गरेका हुन् ।
आफ्नो सामाजिक प्लेटफर्म ट्रुथमा एक पोस्ट लेख्दै ट्रम्पले बिहान १० बजे ह्वाइट हाउसको पत्रकार सम्मेलनमा सम्झौताको घोषणा गर्ने बताए ।
उनले लेखेका छन्, ‘भोलि बिहान १० बजे ओभल अफिसमा एउटा ठूलो पत्रकार सम्मेलन हुने छ जहाँ एउटा ठूलो र धेरै सम्मानित देशका प्रतिनिधिहरूसँग एउटा प्रमुख व्यापार सम्झौताको बारेमा छलफल गरिने छ। यो धेरै (सम्झौताहरू) मध्ये पहिलो हो !’
प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार
















