यी हुन् सफल बाबुका असफल छोरा


 


सफल बाबुका असफल छोरा

मुम्बई–सपना नगरी मुम्बई र त्यसमा पनि बलिउडमा सफल हुनु भनेको चानचुने कुरा होइन । बलिउडमा सफल हुन आफ्नो कोही मानिस आवश्यक हुनुपर्छ। यदि आफ्ना आमा बुवा फिल्म उद्योगमा छन भने आफ्नो करियर बनाउन केही सजिलो हुने मानिन्छ ।

 तर बलिउडमा केही यस्ता अभिनेता पनि छन, जसका आमा बुवा फिल्म उद्योगको हस्ती नै छन। तर उनीहरुका सन्तानले भने सफलता पाउन सकेका छैनन।

अभिषेक बच्चन

अभिनेता अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले २००० मा जेपी दत्ताको फिल्म ‘रिफ्यूजी’ बाट आफ्नो फिल्म यात्रा सुरु गरेका थिए। सो फिल्म नराम्ररी असफल भयो । एक हिट फिल्मको लागि अभिषेकलाई चारवर्षसम्म कुर्नुपर्यो ।

यो बीचमा अभिषेक अभिनित १४ फिल्म असफल भए। २००४ मा मणिरत्नमको फिल्म ‘युवा’ अभिषेक बच्चनको पहिलो हिट फिल्म हो। त्यसपछि ‘बन्टी और बबली’ ‘गुरु’, ‘धूम’ र ‘सरकार’ जस्ता फिल्ममा अभिषेकलाई सफलता मिल्यो। तर उनी आफ्ना पिताजस्ता सफल हुन सकेनन्।

बबी देओल

आफ्नो जमानाको एक्सन स्टार धमेन्द्रका जेठा छोरा सनी देओलले फिल्म उद्योगमा आफ्नो स्थान सुरक्षित बनाउन सफल भएपनि कान्छो छोरा बबी देओलले भने सोचेजस्तो सफलता पाउन सकेका छैनन ।

१९९५ मा करियर सुरु गरेका बबीले हालसम्म करिब ४१ फिल्ममा अभियन गरिसकेका छन्। बबी अभिनित ‘गुप्त’ ‘सोल्जर’ ‘बादल’ ‘हमराज’ र दोस्तानालगायतका फिल्म मात्र सफल भए।

तुषार कपुर

चर्चित अभिनेता जितेन्द्रका छोरी एकता कपुरले टेलिफिल्म र फिल्ममा आफ्नो जादु देखाएकी छिन्। तर उनका छोरा तुषार कपुर भने अभिनेताको रुपमा सफल हुन सकेनन्।

लव सिन्हा

डरलाल्दो आवाजले मानिसलाई चुप गराउने अभिनेता शत्रुध्न सिन्हाका छोरा लव सिन्हा २०१० मा फिल्म ‘सदियां’ मा काम गरेका थिए। तर सो फिल्म न फिल्म समीक्षकले रुचाए न दर्शकले नै।

सुनिल आनन्द

सदावहार अभिनेता देवानन्दका छोरा सुनिल आनन्दले ८० को दशकमा ‘आनन्द ही आनन्द’ ‘कार थिफ’ र ‘मै तेरे लिए’ जस्ता फिल्मबाट बलिउडमा आफ्नो जादु चलाउने कोशिस गरे।

तर, उनी प्रत्येकबार असफल भए। उनले २००१ मा फिल्म ‘मास्टर’ बाट बलिउडमा निर्देशनको रुपमा काम सुरु गरेपनि उनी सफल हुन सकेनन्।

महाअक्षय चक्रवर्ती

डिस्को डान्सर मिथुन चक्रवर्तीका छोरा महाअक्षय चक्रवर्तीले २००८ मा फिल्म ‘जिम्मी’ बाट बलिउडको यात्रा तय गरेका थिए। तर उनी सफल हुन सकेनन्।

प्रकाशित मिति: १० असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्