३७ सय घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। सोमबार सुनको मूल्य ३७ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३७ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन आइतबार एक तोला सुन १ लाख ९० हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो ।

आज एक तोला चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्