छक्का पञ्जाको सिक्वेल बन्ने



काठमाण्डौ,फागुन २९
आमा सरस्वती मुभिजको सुपरहिट सिनेमा छक्का पञ्जाको सिक्वेल बन्ने भएको छ । दीपा श्री निरौलाको निर्देशन र दीपक राज गिरी र दीपाश्री कै निर्माणमा बनेको छक्का पञ्जाले नेपाली सिनेमाको ईतिहासमा मल्टीप्लेक्समा सय दिन मनाएको थियो ।

१७ करोड भन्दा माथिको ग्रस कलेक्शन गर्न सफल सिनेमाको सिक्वेल दर्शकको माग अनुसार नै बन्न लागेको हो ।निर्माता तथा अभिनेता दीपक राज गिरीले पनि सामाजिक सञ्जाल फेसबुकमा एक स्टेटमेन्ट जारी गर्दै सिनेमाको सिक्वेल बन्ने जानकारी दिएका हुन् ।

दीपकले सिनेमाका मुख्य कलाकार अर्थात प्रियंका र दीपकको जोडी सिक्वेलमा पनि दोहोरिने भएको छ । सिनेमा जेठ महिनाबाट फ्लोरमा जाने जानकारी दिँदै दीपकले अन्य कलाकार र प्राविधिकको छनौट हुन बाँकी रहेको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News