‘बाहुबली–२’को पोस्टर सार्वजनिक



काठमाण्डौ, फागुन ३०
व्यावसायिक रुपमा निकै सफल मानिएको बलिउड चलचित्र ‘बाहुबली’ को दोस्रो शृंखला ‘बाहुबली–२’को पोस्टर सार्वजनिक गरिएको छ । बहुप्रतिक्षित चलचित्र ‘बाहुबली–२’ दर्शकहरुका लागि उत्सुकताको विषय पनि बनेको छ ।

कटप्पाले बाहुबलीलाई किन मारे भन्ने विषय नै यो चलचित्रको उत्सुकताको केन्द्र हो । बाहुबली–२ को पोस्टरमा यो उत्सुकतालाई नै केन्द्रीत गरिएको छ । पोस्टरको एक तस्वीरमा कटप्पाको हातमा बाल्यावस्थाको बाहुबलीलाई देखाइएको छ भने अर्को तस्वीरमा कटप्पाले बाहुबलीलाई तरबार प्रहार गरेको दृष्य देखाइएको छ ।

आफैंले हुर्काएको, स्नेह गरेको र भगवानसरह आदर गरेको बाहुबलीलाई कटप्पाले आखिर किन मारे ? आम दर्शकका लागि यो नै कौतुहलताको विषय बनेको हो । निर्देशक एसएस रामामौलीले पोस्टरलाई सोशल मिडियामा सेयर गर्दै भनेका छन ‘जुन बच्चलाई उसले पालन–पोषण र्गयो, उसैलाई उसले मा¥यो !’ सोसल मिडियामा ‘कटप्पाले बाहुबलीलाई किन र्मायो’ भन्ने प्रश्न निकै चर्चित छ ।

बाहुबली हेर्ने्बित्तिकै दर्शकको मनमा उठेको यो प्रश्न आजसम्म पनि अनुत्तरित छ । चलचित्र युनिटका अनुसार यो प्रश्नको जवाफ केवल तीनजनालाई थाहा छ । अभिनेता प्रभाष, निर्देशक राजामौली र कथाकारलाई मात्र यसबारे पूर्ण जानकारी छ ।

चलचित्र प्रदर्शन हुनु अगावै यो रहस्य नखुलोस् भनेर निर्देशक राजामौलीले नै यो रहस्यका सम्बन्धमा चारवटा क्लाइमेक्स छायांकन गरेका छन् । यी चारमध्ये कुन क्लाइमेक्सलाई चलचित्रमा राख्ने भन्नेबारे अझै निधो नभएको बताइन्छ ।

चलचित्रको सम्पूर्ण छायांकन पुरा भएपछिमात्र क्लाइमेक्सका बारेमा निर्णय लिइने निर्माण पक्षले जनाएको छ । यो चलचित्र २८ अप्रिल २०१७ मा प्रदर्शन हुनेछ । चलचित्रको ट्रेलर भने १६ मार्चमा रिलिज गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News