सोनमको विहे को सँग हुँदैछ ?


 


काठमाडौं, फागुन ३०

अभिनेत्री सोनम कपूरले हाल फेशन ब्राण्डका मालिक आनन्द अहुजालाई डेट गरिरहेकी छिन् । बिगत केही समय यता यी दुई प्राय एकसाथ देखिन्छन् । यी दुईको प्रेम मिडिया र परिवारसँग कत्तिपनि लुकेको छैन ।

जानकारी अनुसार सोनमकी आमा सुनिता कपूरलाई योे जोडी निकै नै मन पर्छ । उनी सोनम र आनन्दले यहि वर्षको अन्त्यसम्म गरुन् भन्ने चाहन्छिन् । तर सोनम भने अहिले नै विवाह गर्ने मुडमा छैनन् । उनले केही समय अघि मात्रै विवाहको कुरालाई ठाडै ईन्कार गरिदिएकी थिईन् ।

आनन्द र सोनम बिगत दुई वर्ष यता एकअर्कालाई डेट गरिरहेका छन् । आनन्द फेशन ब्राण्ड ब्लेनका मालिक हुन् जुन ब्राण्ड सोनमको मन पर्ने फेशन ब्राण्ड मध्ये एक हो ।

प्रकाशित मिति: ३० फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्