५२ बर्षका पुगे आमिर खान




काठमाडौं, चैत १
बलिउडका मिस्टर परफेक्सनिस्ट आमिर खान ५२ बर्ष पुगेका छन् । सन् १९६५ को १४ मार्चमा जन्मिए आमिर २५ बर्षदेखि बलिउडमा राज गरिरहेका छन् ।

आमिरको पछिल्लो फिल्म ‘दंगल’ले बक्स अफिसमा थुप्रै रेकर्ड तोडेको थियो । २ बर्षसम्म नाटकघरमा पर्दापछाडि काम गरेपछि आमिर आफ्नो बुबा ताहिर हुसैनको स्वीकृति बिना फिल्म उद्योग छिरेका थिए ।

आमिरले २१ बर्षको उमेरमा रीना दत्तासँग विवाह गरे, तर उनको परिवारले यस विवाहलाई स्विाकारेको थिएन । रीना र आमिर एकसाथ रहन थाले । उनीहरुको सन्तान भयो तर, त्यसपछि विवाहमा धेरै उतार-चढाव देखिन थाले ।

विभिन्न युवतीसँग आमिरको नाम जोडिन थालेपछि रिनालाई मन परेन । सन् २००२ मा आमिरले रिनासँग सम्बन्ध–बिच्छेद गरे । त्यसपछि सन् २००५ मा आमिरले किरण रावसँग विवाह गरे । किरण र आमिरको एक छोरा छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News