दुर्गा प्रसाईँको बचाउ गर्दै धवलशमशेरले भने– तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्छ



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले गत चैत १५ गतेको तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद राणाले तीनकुने घटना आफूहरूको कारण नभई राज्यको कारण भएको उल्लेख गर्दै सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरेका हुन् ।

सांसद राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पनि बचाउ गरे । प्रसाईँ निमुखा जनताको सेवा गर्न लागि परेको व्यक्ति भएको जिकिर गर्दै सांसद राणाले राज्यले जनता भड्काएको कारण तीनकुने आतङ्क भएको जिकिर गरे ।

उनले घटनाको निष्पक्ष छानविन गर्न समिति बनाउन समेत माग गरे ।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्