प्रहरी विधेयक असारभित्रै संसदमा पेस गर्ने वातावरण बनाइदिनुहोस् : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक असार महिनाभित्रै प्रतिनिधिसभामा पेस गर्ने वातावरण बनाइदिन संसदीय समितिसँग आग्रह गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री लेखकले विधेयकलाई प्राथमिकताका साथ टुंगोमा पुर्‍याउन आग्रह गर्दै आवश्यक छलफलका लागि गृहमन्त्रालय पूर्ण तयार रहेको बताए ।
‘समितिमा आजबाट नेपाल प्रहरीसम्बन्धी कानून संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरेका छौं,’ उनले भने, ‘२०७० सालपछि पहिलो पटक प्रहरी कानून निर्माणको प्रक्रिया अघि बढेको हो । यो मेरो व्यक्तिगत र मन्त्रालयको पनि उच्च प्राथमिकता हो ।’

उनले सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकसमेत महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई पनि यथासक्य चाँडो टुंगोमा पुर्‍याउन आग्रह गरे ।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्