छुटेकाहरूलाई मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरूलाई नाम दर्ता गराउन आह्वान गरेको छ ।
आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी भएकाले नाम दर्ता गर्न आह्वान गरेका हुन् ।
प्रतिनिधिसभातर्फ रूपन्देही क्षेत्र नम्बर ३, गण्डकी प्रदेशसभाको मनाङ १ ९२० रिक्त छ । त्यस्तै, स्थानीय तहमा १३ वटा पद रिक्त छ ।
आयोगका पदाधिकारले गएको असार ६ गते आगामी कात्तिक दोस्रो साता उपनिर्वाचन गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलसमेत गरेका थिए ।

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार
















