बैङ्किङ कसुर मुद्दामा काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल पक्राउ



काठमाडौं । पुरानो बसपार्कमा निर्माणाधिन ‘काठमाडौं भ्यू टावर’ का ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् ।

प्रहरीले उनलाई आज अनामनगरबाट पक्राउ गरेको जनाएको छ ।

इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवाल विरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएको छ ।

सो मुद्दामा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परेका थिए ।

निर्माण व्यसवासमा रहेका भेटवाल पटक–पटक पक्राउ पर्दै आइरहेका व्यक्ति हुन् । उनी विगत ५ वर्षको अवधिमा चार पटक पक्राउ परिसकेका थिए ।

यता, काठमाडौं भ्यू टावर अलपत्र अवस्थामा छ । २०७१ फागुन २२ गते भेटवालको कम्पनी जलेश्वर स्वच्छन्द विकोइ विल्ड र कामपाबीच निर्माणको लागि सम्झैता भएको थियो ।

नियमअनुसार सम्झौता भएको पाँच वर्षमा निर्माणको काम सक्नुपर्ने थियो ।

शुरुमा २९ तल्लाको निर्माण गर्ने भने पनि २०७२ सालको भूकम्पले गर्दा १२ तत्लाको बनाउने तय भएको थियो ।

तर, निर्माणकार्य १२ तल्लाभन्दा बढी बनाएपछि अहिले उक्त भवन अलपत्र परेको छ । यहि विषयको विवादका कारण महानगरपालिकाका मेयर बालेन साह ‘बालेन्द्र’ र प्रमुख प्रशसकिय अधिकृत सरोज गुरागाईबीच पानी बाराबारको अवस्था छ ।
गुरागाईंमाथि घुस लिएर नक्सा बढाउन स्वीकृत दिएको आरोप लाग्दै आएको छ । साह र गुरागाईंकै विवादका कारण महानगरले समयमै बजेट ल्याउन सकेको छैन ।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्